ग्यास पाउनुभो त?

Want create site? Find Free WordPress Themes and plugins.

“आज चै अलिक घाम देखियो है बैनी?” ओल्लो घरको बरान्डाबाट एक महिला बोल्छिन् l पुष महिनाले छाएको तुवालो हटाउदै घामका किरणहरु आफ्नो दैल्लोमा आएको खुशी ब्यक्त गर्छिन् l
“अ दिदि l धन्न आज सनिबारको दिन राम्रो गरेको छ l बच्चाहरुलाई पनि नुहाईदिन पाउने भो l” उस्तै हसिलो मुहार संगसंगै पल्लो घरको झ्यालबाट अर्की महिलाको जवाफ आउँछ l

सनिबारको दिन l हफ्ताभरिको थकान मेटाउने दिन l स्कुल, कलेज पढ्नेहरु र अफिसमा काम गर्नेहरु अबेरसम्म सुत्ने दिन l त्यस्तै महिलाहरुमा पनि काममा जानु नपर्ने र बच्चाहरुलाई हतार गर्दै खाना खुलाएर स्कुल धपाउनु नपर्ने भन्ने कुरा लिएर खुशी हुने दिन l
२०७२ सालको जाडोले बिदाई माग्ने दिनहरु नजिकिदै छन् l तैपनि माघको दोश्रो हप्ता लागिसक्दा पनि घाम बिरलै देखिएको महशुस हुन्छ l तर आज सनिवार एकाबिहानै घामले माथिबाट मुस्कुराउदै काठमाडौँको शहर उज्यालो बनाउने प्रयाश गर्यो l नाकाबन्दीले पिरोलिएका र जाडोले कथ्याँग्रिएका मानिशहरुको मनमा आशाको दियो बल्यो l नाकाबन्दीको पिरले त शरीरमा गुड लगाईसक्यो कमसेकम मौसमले त केहि हदसम्म सुबिस्ता देओस् भन्ने सबको मनमा छ l

यस्तै कथा बोकेको काठमाडौँको एक ठाउमा दुई महिला बिहानको समयमा चिया पिउदै गफ गर्दै छन् l मनमा शान्ति कत्ति पनि छैन, तैपनि घामको बहाना बनाएर मुस्कान उनीहरुको अनुहारमा जबर्जस्ति देखा परेको छ l हातमा राखिएको चिया पनि ग्यास सकिने डरमा बल्लतल्ल पाकाईएको हो जस्तो लाग्छ l दिन त्यति एक कप चियाले बित्ने भए पनि यो भड्किएको आत्माले कति शान्त पाउथ्यो होला भनेर उनीहरुको मन चिच्याउदै छ भन्दा केहि फरक नपर्ला l

“चिया खानुभो?” ओल्लो घरको दिदि एक सुरुप चिया पिउदै सोध्छिन् l
“छैन दिदि l भर्खर उठ्दै पो छु l”
“भाई कता जानुभो त ?” कुरा अघि बढाउने सुरमा श्रीमान् कै कुरा आयो l
“खोइ बिहानै उठेर रेशम दाइको पसलमा ग्यास पाइन्छ कि बुझ्न जान्छु भन्दै हुनुहुन्ह्त्यो l के भो कुन्नि l” अनुहार अलिक मलिन बनाउदै पल्लो घरको झ्यालबाट बोलिन् अर्की महिला l
“ए l हाम्रो पनि अस्तिसम्म त ग्यास सकिने डरले आच्छु आच्छु बना’को थ्यो l धन्न चिनेको एउटा डीलरले मिलाइदियो हाफ भएपनि l”
“नयाँ ग्यासमा पका’को चियाको बाफ नै छुट्टै हुदो रैछ l” हल्का हासो गर्दै अर्की महिलाले भनिन् l
“है l आउनुस् यतै चिया पिउन नत्र l”
“भो दिदि अब बच्चाहरुलाई खाना पकाईदिने होला l के गर्नु ग्यासको हाहाकार भएदेखि मिठो मसिनो खान पाको हैन l दाल पकाए तरकारी पाक्दैन, तरकारी पकाए दाल पाक्दैन l” छिनभर फिस्स हासेको अनुहरु फेरी ओइलायो l
“त्यहि त भन्या l कहिले सम्म हुने होला यस्तो ? कहिले सम्म भोग्ने होला एस्तो दुख हामि सोझा जनताहरुले ?”
“उता छोरालाई कलेज जान बाइक नै चाहियो भन्छ l ब्ल्याक मै भए पनि पेट्रोल किन्दिनुस् भनेर हैरान पार्छ सधै l”
“अस्ति भर्खर बाडेको थियो रे त पेट्रोल l हाम्रो बाबुले त दिनभर लाइन बसेर पाए भन्दै खुशी हुदै आ’को थ्यो l तपाइको छोरा गएनन् र ?”
“कहाँ जानु ? क्लास छुट्छ भनेर जान दिनुभएन बाउले l अहिले पेट्रोल चाहियो भनेर करा’को कराई छ l”
“हुन पनि हो, पढाई छोड्नु नि भएन l फेरी भाइले पनि कति गरुन् l भान्सा चलाउनलाई ग्यास खोज्न जाने कि छोरालाई पेट्रोलको व्यवस्था मिलाईदिने कि आफ्नै कामकाज हेर्ने l गर्नु गर्यो यो नाकाबन्दी ले पनि l”
“फेरी कालोबजारी पनि हेर्नुस न l २५० भन्दा कममा पेट्रोल पाईदैन, आफुले किन्न सकिदैन l कहिले खुल्ने होला यो नाकाबन्दी l पानि बिनाको माछाजस्तो पो बनायो त l”
“त्यहि त l आफ्नालाई आफ्नैले ठग्ने रैछन् l यस्तो बेलामा झन् कालोबजारी गर्ने चोरहरु उफ्रिदै लागेका छन् पैसा कमाउनमा l सरकारले पनि के हेर्या हो कुन्नि l” अब चाही अलिक आक्रोस देखिन्छ ओल्लो घरको बराण्डामा l माया गर्दै चियाको चुस्की लिन भने छोडिएको छैन l
“खोई सरकार पनि के हो के l संबिधान बन्यो भनेर उफ्रेका थे तिन महिना अगाडी नेपाली जनताहरु l होला के के न भनेको l संबिधान त आयो के आयो आयो l” पल्लो घरको झ्यालबाट पनि त्यहि आक्रोसमा तेल छर्ने काम भयो l
“संबिधान बन्यो l नया सरकार बन्यो l हामी आम नागरिकलाई दुख दिन त रैछ l न ग्यास, न मटितेल, न पेट्रोल, न डिजेल, बजार भाउले सगरमाथा छुन आटीसक्यो l बत्तिको त क कुरा गर्नु l चाहिने बेलामा कहिले आउने होइन l”
“खोइ दिदि यो तालले त कसरि बसिएला र काठमाडौँ? आखिर उही पुरानो पहाडी घरतिर लखेत्छ जस्तो छ समयले l” भर्खर उदाएको घाम पनि उनको अनुहारमा अस्तायो l
“अब त धेरै भैसक्यो l केहि त गर्ला नि सरकारले l न आतिनुस् l” केहि आस्वासन ओल्लो घरबाट गयो l तर त्यो आस्वासन उही सरकारले भनेका झुठा कुराहरु जस्तो लाग्छ पल्लो घरको झ्याललाई l
“तपाइको पो आफ्नै घर छ दिदि l खानै नपाएपनि बस्नलाई छत् छ l आफ्नो न कामधाम छ, न त घर l बुढा एक्लैले गरेर कति सकिएला र एस्तो हाहाकारमा l”
“हो हुन त l तर सबै ठिकै हुन्छ l नाकाबन्दी पनि खुल्छ अब भन्छन् l सरकारले वार्ता मिलाउदै छ अरे l”
“खोइ यो सरकार भन्ने को कुरा पनि के पत्याउनु l जनतालाई नाकाबन्दीको भारले घुडा टेकाईसक्यो हाम्रा प्रधानमन्त्री चै छेउ न तुप्पाको भाषण दिदै हिड्छन् l”
“हो त नि l देशलाई लोड्सेडिंग मुक्त बनाउछु, हावाबाट बिजुली निकाल्छु भन्दै थे पहिले l अस्ति त हेर्नुस न घर घरमा ग्यासको पाइप जोर्दिन्छु भनेका रे l”
तनाबग्रसित त्यो माहोलमा एक लहर हासो गुन्जियो l छिनभर भए पनि त्यो चिन्ताको छायाँ अनुहारबाट टाढीयो l
“त्यसको टाउको l दिन्छु भनको हाफ सिलिन्डर त पा’को हैन जोद्छ पाइप l”
“नेताका कुरा नि बैनी l उनीहरुको पेट पाल्ने नै येस्तै गफले त रैछ l मुर्ख त हामि हो, हो कि क्याहो भन्दै सुन्दै बस्दै गर्ने l” चियाको अन्तिम चुस्की लगाउदै ओल्लो घरकी दिदि चिच्याईन् l

त्यतिकैमा पल्लो घरकी महिलाको श्रीमान् घरतिर आउदै गरेको तल सडकमा देखिन्छ l उसको अनुहार हार भोगेको लडाकुको जस्तो तलतिर झुकेको छ l ग्यास पा’को जस्तो कत्ति पनि लाग्दैन l त्यसमाथि छोरालाई कसरि पेट्रोल मिलाईदिने भन्ने चिन्ता l बिचरा ऊ, सबै चिन्ताको भुमरीमा घुमेको छ फनफनी l चिन्ताले उसको मनमा पहाडनै बनाइसक्यो तैपनि त्यहि पहाडको ओत लगाउदै झुठो मुस्कान रोप्छ आफ्नो बाझो अनुहारमा l र बाड्छ ति नाटकिय खुशीहरु आफ्नो परिवारसंग l न दिन न रात, न भोक न तिर्खा केहि सोच्दैन ऊ l जस्तो परिस्थिति आओस् तर परिवारको खुसीमा तगारो लाग्न नदिने सोचले उसलाई दिनरात मनको बाघले तर्साईरहन्छ अनि चिन्ताको सर्पले डसिरहंछ l तैपनि केहि गर्न सक्ने अवस्थामा छैन ऊ l

“ग्यास पाउनुभो त भाई ?” पल्लो घरको बरान्डाबाट तेज धारिलो हतियार जस्तो प्रश्नको प्रहार भयो l
“खै दिदि के भन्नु l मुर्दारहरुले बसिखान नदिने भए l” नुन खा’को कुखुराको जस्तो मुख माथितिर फर्काउदै नुनिलो जवाफ दियो र लुरुक्क परेर घर भित्र छिर्यो l

“ल दीदि खाना पकाउन जान्छु अब l” सानो स्वोरमा अनिश्चित कुराको बहाना बनाउदै पल्लो घरको झ्याल एक्कासी ढ्याम्म थुनियो l

 

Did you find apk for android? You can find new Free Android Games and apps.
poongopal

Network Engineer | Blogger | Travel & Photography Enthusiast

No Comments Yet

Leave a Reply

Your email address will not be published.