रबिन भाईलाई सम्झदा…!

Want create site? Find Free WordPress Themes and plugins.

कार्तिक २९ गते रातिको कुरा हो l म सदाझै बेलुकीको समयमा आफ्नो ल्याप्टपमा ब्यस्त थिए l या भनौ सोसियल नेत्वोर्किंगमा ब्यस्त थिए l भोकले सताउदै गर्दा कहिले खाना पकाएर खाने जस्तो भैरहेको थियो l त्यतिकैमा फोनको घन्टी बज्यो, घरबाट रहेछ l झ्याउ लागि लागि उठाए l उताबाट आमाको आवाज आयो l घरको पारिवारिक कुरा गर्नुभो एकछिन, त्यस्पछी एक्कासी वहाँको आवाज अल्ली मधुर हुदै गयो l र हालै बाग्लुंग बजारमा घटेको अतिनै दुखलाग्दो घटना सुनाउनु भयो l त्यो सुनेर म सार्है मर्माहत भए l शब्दहीन भए l त्यो पल स्थिर भए जस्तोनै भयो l केहि क्षणको लागि मुटुको धड्कन् तेज भएर आयो l त्यो कुरा सुन्दबित्तिकै धेरै बोलिन म l मात्र उताबाट आमाले बोलेको सुने, केहि नराम्रो नगर्नु, केहि नराम्रो नखानु है l बिचारा आमाको मन न हो, अरु कसैको केहि नराम्रो भयो कि आफ्नो छोराछोरीलाई सम्झाउनु पर्ने l हवस् भन्दै फोन राखिहाले मैले l
त्यसपछि त्यो घटना संग सम्बन्धित सारा कुराहरु फिल्ममा जस्तो फ्ल्यास ब्याक सरि मेरो मन मस्तिस्कमा आउन थाले l
“म सानो छदा बाग्लुंगको होलि चाइल्ड भन्ने स्कूलको हस्टेलमा बस्थे l म संगै मेरो परिवारको तिन जना दाजुहरु पनि हुनुहुन्थ्यो l हस्टेलमा आफ्ना साथी, दाईहरुका साथी गरेर लगभग धेरै जनासंग राम्रो सम्बन्ध थियो l आखिर हस्टेल भन्या त्यहि त रैछ, आफ्नो परिवार देखि टाढा रहेर अरुसंग पारिवारिक सम्बन्ध गास्नुपर्ने l त्यसै मध्यमा थियो एकजना भाई l हल्का कालो बर्णको, होचो कद भएको l मुख हेर्दा सार्है मायालाग्दो l आफूभन्दा अल्ली जुनिअर भएर होला त्यती धेरै बोलिदैन थियो l साथीकै भाई भा’को नाताले मात्र थाहा थियो पढाईमा ठीकठाक थियो ऊ l अझ राम्ररी मलाई थाहा थियो केवल उसको नाच्ने कला l धेरै राम्रो नाच्ने ऊ l सबैको मनोरंजनको स्रोत बनेको थियो l उसलाई हामी ‘रबिन भाई’ भन्थेउ, नाम थियो ‘रबिन पुन’ l
सानै भएको कारण सबैले त्यति धेरै वास्ता गर्ने कुरै भएन तर पनि जैले कसैलाई बोर लाग्दा त्यहि भाईको नाच हेरेर आनन्द लिन्थे l सबैको मूड फ्रेस हुन्थ्यो र पढाईमा फेरी ध्यान दिन सजिलो हुन्थ्यो l रबिन भाई फेरी थियो सार्है हस्मुख, सबैसंग राम्ररी बोल्ने l कसैले ‘ल भाई डान्स देखाईदेउ भन्नै नहुने’, नाचिहाल्ने l नेपाली, हिन्दि, इंग्लिश कुनै पनि गीत किन नहोस् l लाज, डर भनेको त उसको मनमा नै थिएन l नाच्दै गर्दा झन् त्यो सानो कद त भुइँमा भुरुंग घुमेजस्तो पो देखिन्थ्यो l हामीलाई झनै रमाइलो लाग्थ्यो हेर्दा l नाच सकिएपछि सबैले हात दुखिन्जेल ताली बजैदिन्थेउ l ‘खतरा’, ‘दामी’ जस्ता शब्दहरु उसको तारिफ गर्दा प्रयोग गर्थेउ l रबिन भाई मक्खै हुन्थ्यो l त्यो सानो अनुहारमा सानै मुस्कान एक्कासी देखा पर्थ्यो, खुसीको मुस्कान l सार्है मायालाग्दो l त्यसरी हस्टेलमा ऊ सबैको प्यारो भाईमा गनिन्थ्यो l सबैसंग राम्रो सम्बन्ध थियो l”
तर अचानक आज आएर मैले उसको बारेमा यस्तो अप्रिय कुरा सुने l थाहा पाए ऊ यस् दुनियामा रहेन अब l रबिन पुन एक पात्र जस्तो मात्र भयो मेरो जीवनको l उसंग हस्टेल बस्दाको सारा दिनहरु कुनै दिन सपनामा देखेसरी भयो मलाई l उसका डान्सहरु केवल सम्झनाका लागि मात्र भए l उसको मायालाग्दो मुहार, बोलि, मुस्कान, नाच झल्यास्स सम्झिन्छु र जब यो मन ले भन्छ ‘अब ति चिज रहेनन् यो संसारमा’, एकपटक मुटुमा बेस्सरी बज्र प्रहार हुन्छ l र कसैले लट्ठीले हिर्काएजसरी भित्र बाहिर हुन थाल्छ धड्कन l आखाहरू तेसै तेसै रसौछन् l खोई किन होला भगवानले यस्तो गर्ने भनि प्रश्न गर्न मन लाग्छ l आखिर कस्तो कानुन लेखेको छ भगवानले भनेर सोध्न मन लाग्छ l मान्छेले बना’को कानुन त मान्छेले नै बुझ्दैन यो संसारमा भने भगवानको कानुन कसरि बुझ्ने l त्यहि त होला, यो धर्तिमा आउनु भनेकै एक दिन जनाको लागि रैछ l फरक यति हो कि कोहि छिटै त कोहि ढिलो l तर हाम्रो भाइलाई नै किन यती छिटो लगेका होलान भगवानले? सायद सबैको मन मनमा बस्न सफल रबिन भाई भगवानको पनि प्यारो रैछ l त्यसैले त भगवानलाई नि यति हतार भा’को होला l तर परिवार, आफन्तजन, साथीभाई सबैलाई आशुमा डुबाएर किन यस्तो घात गरेको होला भगवानले पनि?
अझ दुखलाग्दो कुरा त तिहार जस्तो झिलिमिली र रमाइलो चाडको बेलामै यस्तो पीडादायक घटना घट्यो l मलाई याद छ तिहारको अघिल्लो दिन साँझ घुम्दै गर्दा उसको घर अगाडी पुगेर ‘रबिन भाई रूम मै त होला’ भनेर टाउको उठाउदै हेरेको थिए l अहिले मनले भन्दैछ,’ रबिन भाइलाई मेरो मनले सम्झेको त्यहि रहेछ अन्तिम पल्ट, भित्र गएर भेटेको भए पनि हुदोरैछ l’ फेरी तिहार आ’को बेला, बाहिर देउसी भैलो को नाचगान देख्दा त्यो भाईको याद आउथ्यो l मलाई याद छ, हस्टेलमा हुँदा तिहारको समयमा ऊ नाचेको थियो ‘हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको’ भन्ने गीतमा l एउटी केटि जसरी नाचेको देख्दा हामी सबै लगायत सरहरु पनि मरी मरी हासेका थिए l त्यति बेला हास्दा हास्दा आँखाबाट आशुनै आएको थियो l र आज त्यहि कुरा सम्झिदा पनि मेरो आँखा रसाएर आयो l मात्र फरक छ त, त्यो बेला खुशीमा निस्केको आशु थियो भने आज दुखमा l त्यो बेला उसलाई अगाडी देखेर हास्दै आशु चुहेको  थियो भने आज उसलाई देख्न नपाउदा, कहिले पनि देख्न नपाउने खबर सुन्दा आशु चुहेको छ l संयोगनै भनु तिहारकै बेलामा ऊ माथि यस्तो भयो l
यो कुरा सुनेपछि यसैको सिलसिलामा लेखिएका विभिन्न अनलाइन खबरहरु हेरे l रबिन भाइको रहस्यमय मृत्युको बारेमा धेरै लेखिएको रहेछ l पढ्दा अलिकति कुरा बुझिन मैले l पत्रकार महाशयहरुले लेख्नुभा’को थियो ‘रबिन पुन लागुपदार्थको प्रयोगकर्ता’ तर परिवार भन्छ ‘प्रहरीको कुटपिटले मृत्यु भयो l’ पछि थाहा पाए उसलाई साचिकै प्रहरीले लगेको रैछ, शरीरभरी निल डाम हुने गरि कुटपिट पनि गरिएको रैछ l यो देखेर रिस पनि उठ्यो l प्रहरी भन्दैमा त्यसरी कानुननै भुलेर कुटपिट गर्न नहुँने हो l त्यसमाथि रबिनले लागुपदार्थ सेवन गर्ने कुरा पनि पक्का थिएन l ल मानौ रबिन भाइले लागुपदार्थ सेवन गर्थ्यो रे l तर प्रहरीले केहि कदम चाल्नुनै थियो भने त्यहि अनुसारको कानुनी कदम चाल्नु नि l लागुपदार्थ सेवन गर्नेलाई शारीरिक रुपमा मर्नेनै गरि कुट्न त कुनै कानुनले भन्दैन होला l प्रहरी पक्षको पनि दोष देखियो यहानेर यदि कुरा सत्य हो भने l
अब जे नहुनु थियो भैगयो l अनर्थ भयो l रबिनले लागुपदार्थ सेवन गर्थ्यो वा गर्थेन, प्रहरीले कुटेर मृत्यु भा’को हो हैन l एसको सत्यता सबैलाई थाहा होस् l र दोषीलाई कारबाही होस् l प्रहिरिले पनि त्यसरी कानुन हातमा नलेवोस्, कानुनि प्रक्रियामा नै चलोस् l
अन्त्यमा, रबिन भाईको आत्माको चिर शान्तिको कामना गर्छु l उसको परिवारलाई यो दुखद घडीबाट गुज्रने शक्ति मिलोस् भगवानसंग प्रार्थना छ मेरो l

रबिन भाई,
नजानु थियो यो संसार छोडेर गैहालेउ,
तर हाम्रो मुटुमा सदा रहिरहनेछौ,
तिम्रा मित्रजनहरु सदा तिम्रो पर्खाईमा रहनेछन,
ति बाग्लुंगका गल्लीहरुले तिम्रो नाम पुकारिरहनेछं,
सक्छौ भने फर्की आऊ भाई,
फेरी हासौला साथै,
फेरी नाचौला साथै,
तिमि आउने बाटोमा फुल राख्न त नसकिएला,
तर फोहोर जति पन्छाएर राख्नेछौ,
सक्छौ भने फर्की आऊ भाई l

 

Did you find apk for android? You can find new Free Android Games and apps.
poongopal

Network Engineer | Blogger | Travel & Photography Enthusiast

2 Comments

Leave a Reply

Your email address will not be published.